१० करोड लागतमा हेटौंडामा कृषि वन बिज्ञानको भवन बन्ने

तामसालिङ खबर
१० असार २०७६, मंगलवार ०७:२९

हेटौंडा – कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय शैक्षिक भवनको आइतबार हेटौंडामा शिलान्यास गरिएको छ । तिन नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक भवनको शिलान्यास गर्नुभएको सो भवन कुल ९ करोड ८८ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको छ ।

पाँच तले २० वटा कोठा निर्माण गरिने छ । यस भवनमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, सेमिनार हल निर्माण हुने डिन भट्टले जानकारी दिनुभयो । भवन अभाबका कारण कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयका बिद्यार्थीलाई अध्यापन गराउनका लागि समस्या झेल्दे आएपछी भवन निर्माण गर्न सुरु गरिएको कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय हेटौंडाका डिन डाक्टर बलराम भट्टले बताउनुभयो ।

४ सय ६३ वन बिज्ञान सम्वन्धी स्नातक तथा स्नातकोत्तर एवं २ जना विद्यावारिधीका विद्यार्थी अध्ययन गरिरहेको सो कलेजमा भवनको अभाव भएकोले सो भवन निर्माण हुन लागेको हो । कलेज हातामा करिब २ कठ्ठा जमिनमा २० कोठा सहितको ५ तले सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*