एनसीसी बैंक र आइएमई पेबीच सम्झौता
काठमाण्डाै – आइएमई ग्रुपद्वारा प्रबर्द्धित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ् साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ् साझेदार संस्था हुनेछ ।
एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।
काठमाण्डाैमा हालै आयोजित एक विशेष कार्यक्रमबीच आइएमई पेका तर्फबाट महाप्रबन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।