दाङमा मगर भाषा र लिपिको कक्षा सञ्चालन

तामसालिङ खबर
९ असार २०७६, सोमबार ०८:२७

दाङ – तुलसीपुर उपमहानगरपालिका को वडा नम्बर १ स्थित वीरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालन भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबारदेखि मगर भाषा कक्षा पढाउन शुरु गरिएको हो ।

नेपाल मगर संघ तुलसीपुर – १ ले संस्कृति संरक्षणका लागि मगर भाषा कक्षा पढाइ शुरु गरेको सचिव हिमाल थापाले बताए । “पछिल्लो समय मगर संस्कृति, भाषा, लिपि, वेषभूषा हराउँदै गएको छ”, उनले भने, “यसलाई जोगाउन मगर भाषा कक्षा सञ्चालन गरेका हौँ ।” विद्यालयमा अध्ययन गर्ने मगर समुदायका बालबालिका तथा अन्य समुदायका बालबालिकालाई पनि मगर भाषा तथा लिपिका बारेमा जानकारी दिनका लागि यो कक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।

अहिले दाङमा प्राय बोल्ने गरिएको मगर ‘ठुट’ भाषा पढाउन लागिएको हो । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई मगर तथा इच्छुक अन्य जातिका विद्यार्थीलाई एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिने उनको भनाइ छ ।

उक्त कक्षाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उदघाटन गरेका थियो । “नेपाल बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक मुलुक हो”, उनले भने, “त्यसैले तुलसीपुरमा मगर भाषा कक्षा सञ्चालन हुनु लोकतन्त्रको सुन्दर पक्ष हो ।” रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*