मनहरी गाउपालिकाको बजेट ६० करोड, असार ११ गते बजेट प्रस्तुत गरिने

जयराम मोक्तान
९ असार २०७६, सोमबार ०७:५३

हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि ६० करोडको बजेट ल्याउने तयारी गरिएको छ । असार ११ गते बुधबार हुने बजेट अधिबेशनमा उक्त बजेट प्रस्तुत गर्न लागेको मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

संघिय सरकारको २५ करोड, प्रदेश र गाउँपालिकाको बिभीन्न क्षेत्रको स्थानिय स्रोत साधानबाट प्राप्त आर्थिक स्रोतलाई समेटेर ६० करोड रुपिँयाको बजेट ल्याउने तयारी अन्त्मि चरणमा पुगेको उनले बताए । चालु आर्थिक वर्षमा ३३ करोड तथा २७ करोड पुँजिगत गरि ६० करोडको बजेट अधिबेशन प्रस्तुत गरिने अध्यक्ष उप्रेतीको भनाई छ ।

यो वर्ष गाउँपालिकाले खरको छाना मुक्त कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेको बोट समुदाय, सिमान्तकृत जाति तथा अन्य गरिव र विपन्न वर्गको खरको छाना हटाएर २० हजार बराबरको जस्तापाताको ब्यबस्था गरिने कार्यक्रम लागु गरिने अध्यक्ष उप्रेतीले बताउनु भयो ।

त्यस्तै, अगुवा वर्गलाई अगाडी बढाउनका लागि युवा केन्द्रित बिभीन्न कार्यक्रमको लागि पनि बजेटको ब्यबस्था गरिन लागेका बताए । आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न नभएका बिभीन्न योजनाहरुलाई पनि यसै आर्थिक वर्ष भित्रमा सम्पन्न गराउने लक्ष्य सहित कार्यक्रमहरुको अधिबेशन प्रस्तुत गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*