दुइ नम्बर प्रदेशस्तरीय मेयरकप फुटबल प्रतियोगिता सोमबारबाट हुदै

तामसालिङ खबर
८ असार २०७६, आईतवार ११:१८

हरिवन – सर्लाहीको हरिवनमा सोमबारदेखि दुइ नम्बर प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । हरिवन नगरपालिकाको वडा नम्बर १० मा अबस्थित सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर जनता माविको खेल मैदानमा सोमबारदेखि प्रतियोगिता सुरु हुने भएको हो । असार ९ गते सोमबार देखि १७ गते सम्म हुने प्रतियोगितामा शनिबार पत्रकार सम्मेलन मार्फत खेलको विषयमा आयोजकले जानकारी गराएको हो ।

हरिवन नगरपालिकाको आयोजनामा सुरु हुने प्रतियोगितामा प्रदेश दुई भित्रका सर्लाहीको दुई टिम गरि बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका एक/एक टिम गरी ९ वटा टिमको सहभागीता रहनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन र उप विजेता टिमले नगद ७५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने सर्लाहीबाट पत्रकार राजु तामाङले जानकारी दिएको छ ।

प्रतिभाको प्रस्फुटन गराउने कामलाई आत्मा साथ गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै पहिचान गराउन खेलको शुरुवात प्रोत्साहन गर्दै सफल र उदारणीय अनुशाशित समाज निर्माण गर्न टेवा पुग्ने सकारात्मक सोच को परिबर्तन गर्न खेलको महत्वपूर्ण भुमिका खेल्ने हुदा प्रतियोगिता आयोजना गरिएको हरिवन नगरपालिकाको मेयर गणेश प्रसाद प्रसाईले  बताउनु भयो ।

पत्रकार सम्मेलनमा हरिवनको विषयमा समेटीएको गीतको अडियो पनि विमोचन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*