रेलकाे बिषय प्रति चीनकाे असन्तुष्टि

तामसालिङ खबर
८ असार २०७६, आईतवार ०९:३४

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीप्रति चीनले असन्तुष्टि जनाएको छ। केही समय अघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लगि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन्।

उनको आबयसँग मेल खानेगरी चिनियाँ पक्षले बेइजिङमा नेपाली प्रतिनिधि मण्डलसामु असन्तुष्टि जनाएको हो । नेपाल–चीन रेलमार्ग सहयोग सम्बन्धी चौथो द्विपक्षीय सचिवस्तरीय वार्तामा पनि यस्तो दृश्य देखिएपछि नेपाली पक्ष मिडियासँग बोल्न हच्किएको थियो ।

‘चिनियाँ पक्षको असन्तुष्टि बुझेरै हुन सक्छ, नेपालका कुनै पनि सदस्यले मिडियासँग प्रतिक्रिया जनाउन चाहेनन्’, स्रोतले भन्यो, ‘सायद चिनियाँहरू यो विषयमा निकै संवेदशील भएको नेपाली टोलीले महसुस गरेको हुनसक्छ ।’

नेपालका मिडियामा चिनियाँ रेलबारे एकदमै ‘हाइलाइट’ भएका खबर चिनियाँ सञ्चारमाध्यममा अनुवाद गरी छापिएका थिए । कामभन्दा कुरा बढी भइरहेका प्रति चीनले मौखिक असन्तुष्टि जनाएको स्रोतको दाबी छ। याे खबर आजकाे कान्तिपुर दैनिकमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*