समता अस्पतालको सञ्चालक सञ्जेलसहित चार जना नियन्त्रणमा

तामसालिङ खबर
४ असार २०७६, बुधबार ०६:४४

काठमाडौं – समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अस्पतालभित्र विमला तामाङ झुन्डिएको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको हो । अस्पतालमा क्लिनरको रुपमा काम गरिरहेकी तामाङको अस्पतालभित्र झुन्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले विरोध गरेका थिए ।

मृतकका आफन्तले मंगलबार दिनभर विरोध गरेपछि अस्पताल दिनभर तनावग्रस्त भएको थियो । पीडित पक्षले सत्य तथ्य छानविनका लागि आन्दोलन थालेपछि प्रहरीले भीडलाई तितर वितर गर्न चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*