मकवानपुरको मनहरी र सिन्धुलीको मरिनमा प्रदेश औद्योगिक क्षेत्र निर्माणको लागि बजेट विनियोजित

तामसालिङ खबर
१ असार २०७६, आईतवार १८:४९

हेटौँडा – आर्थिक बर्ष २०७६/७७ सालको तिन नम्बर प्रदेशको बजेट प्रस्तुत भएको छ । प्रदेश नम्बर ३ का अर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले गर्नु भएको बजेटमा मकवानपुरको मनहरी गाउँपालिका तथा सिन्धुलीको मरिनमा प्रदेश औद्योगिक क्षेत्र निर्माणको लागि बजेट विनियोजन गरेका छन् ।

त्यस्तै, प्रदेशसभा भवन ब्यवस्थित नहुँदा बैठक सञ्चालनमा निकै समस्या भैरहेको सांसदहरुले गुनासो गरेपछि यो पटक प्रदेश सरकारले प्रदेशसभा भवन निर्माणको लागि बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*