ब्यबसायलाई असर पुर्याएको भन्दै, बुद्धचोकमा पसल बन्द

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार १७:३५

हेटौडा – हेटौंडा बजारको मुख्य केन्द्र बुद्धचोकमा व्यवसायीहरुले शुक्रबार पसल बन्द गरेका छन् । अधिकांश समयमा बुद्धचोकको खाली ठाउमा विभिन्न कार्यक्रम गरिएको कारणले व्यवसाय सञ्चालनको क्रममा असर पुर्याएको भन्दै व्यवसायीहरुले पसल बन्द गरेका छन् ।

बुद्धचोकको खाली स्थानमा उपमहानगरपालिकाको अनुमतिमा थुप्रै कार्यक्रमहरु सञ्चालन हुँदा व्यवसायमा असर पुगेको व्यवसायीहरुको गुनासो छ ।

सँधैजसो कार्यक्रम हुँदा त्यहाँको व्यवसाय धरासयी बनेको ओ.पी. फेसन वेयरका संचालक ओसन पौडेलले बताए । ग्राहकले समेत पार्किङ गर्न नपाएपछि सामान खरिद नगर्ने उनको भनाइ छ । बुद्धचोकका करिब १० जना व्यवसायीहरुले पसल बन्द गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*