प्रधानसेनापति थापा आइतबार चीन भ्रमणमा जाँदै

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार १४:४५

काठमाण्डौ – चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति पूर्णचन्द्र थापा चीन जाने भएका छन् । नेपाल सरकारको निर्णय बमोजिम असार १ गते औपचारिक भ्रमणको लागि चीन प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापतिको नियुक्ति पश्‍चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमण दलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहने छन् ।

भ्रमणदल आइतबार एयर चाइनाको फ्लाईटद्वारा काठमाण्डौबाट चीनको छेङ्दु हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भ्रमणको दौरान प्रधानसेनापति थापाले चीनका विभिन्‍न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*