मनहरीमा उपभोक्ता र निकुञ्जको सम्बन्धमा सुधार्न सुझाव
मनहरी, २८ जेठ । पश्चिम मकवानपुरको मनहरीका स्थानियहरुले राष्ट्रिय निकुञ्ज र उपभोक्ताहरुको सम्बन्ध सुमुधुर हुनुपर्ने बताएका छन् । वन , जिवजन्तु र नदिजन्य पदार्थ संरक्षणमा मनहरी गाउँपालिकाको सहयोगमा डेक नेपालको आयोजनामा मनहरी ८ मा मंगलबार भएको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत साझा सभा तथा राष्ट्रिय निकुञ्जको निती नियम र संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
स्थानिय उपभोक्ताहरुप्रति निकुञ्जको निती नियम कडा भएका कारण दुई पक्ष विचको सम्बन्धमा दरार आएको उपभोक्ताहरुको भनाई थियो । निती नियम मात्र नभई दुई पक्षविच समन्वयको अभावका कारण सम्बन्धमा केहि दरार आएको सहभागीहरुले बताए । घर गोठ निर्माणको लागि मनहरी तथा राप्ति खोलामा रहेको विभिन्न नदिजन्य पदार्थ सकंलन गर्दा बिना कारण राष्ट्रिय निकुञ्जले दुःख दिने गरेको उपभोक्ताहरुको गुनासो रहेको थियो । लामो समयदेखि लालपुर्जा भएको जग्गा प्रयोग गर्दै आएपनि कुनै न कुनै कारण देखाएर आफ्नै क्षेत्रको नदिजन्य पदार्थमा बन्देज गर्दै आइरहेको उनीहरुले गुनासो गरे ।
आफुले उपभोग गर्दै आइरहेको लालपुर्जा भएको बालुवा, गिट्टी तथा ढुङगा निकालेर जग्गा सम्याउन खोज्दा समेत हस्तक्षेप हुने गरेको सहभागीहरुले बताए । त्यसै गरि निकुञ्ज तथा मध्यवर्ति उपभोक्ता समिती मार्फत बगरमा प्रवेश गर्नका लागि अनुमति पत्र लिएर जाँदा समेत त्यहाँ सुरुक्षाका लागि खटिएको नेपाली सेनाले गालिगलौच तथा अपशब्द प्रयोग गरेर ट्याक्टलाई नियन्त्रणमा लिने गरेको उपभोक्ताहरुको आरोप रहेको छ । निकुञ्जको कर्मचारीद्वारा नियन्त्रणमा लिएका ट्रयाक्टरहरुलाई शक्तिको आडमाा छुट्याउने गरिएको स्थानीयहरुले आरोप लगाए । निकुञ्जका कर्मचारीहरुले चिनजान र भानसुनका आधार केही ब्यक्तिका ट्रयाक्टरहरु ३ दिनमा छुट्ने गरेको र साधारण ब्यक्तीका ट्रयाक्टरहरु भने जरिवाना तिरेर १५ दिनसम्म निकुञ्जले नियन्त्रणमा राखी छाड्ने गरेको समेत उनीहरुले गुनासो गरे ।
राष्ट्रिष्य निकुञ्जले निकुञ्ज क्षेत्र आसपासमामा रहेको मानव भन्दा जगंली जनवारहलाई विशेष प्राथमिकतामा राखिरहेको उनीहरुले बताए । मानव र जनवारबिच द्वन्द भई मानबीय क्षति हुँदा निकुञ्ज र संरक्षण क्षेत्रमा रहेको सस्थाहरुले जिवजन्तु नै सर्वश्रेष्ठ मान्ने गरेको उनीहरुको आरोप छ । कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष एकराज उप्रेती , पर्सा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन , पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ति ब्यबस्थापन समितिका अध्यक्ष पदम बहादुर तितुङ लगाएतकाले दिएका थिए ।