मृतक थापाको परिवारलाई १४ लाख बिमा रकम वितरण
मकवानपुर, २८ जेठ । गुराँश लाईफ इन्स्योरेन्स हेटौँडा शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले बिमितकी श्रीमती बिमला राना मगरलाई बीमादाबी वापत १४ लाख रूपैयाँ हस्तान्तरण गरेको हो ।
हेटौँडा शाखा प्रमुख एनिषा पौडेल, मनहरी गाउँपालिकाका वडा अध्यक्ष गोपीलाल मोक्तान तथा हेटौँडा शाखाका अण्डरराइटिङ्ग राजकुमार महतले संयुक्त रुपमा बिमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । धादिङ जिल्ला धुषा गाविस वडा नम्बर ८ स्थायी ठेगाना भएका स्वर्गीय बीमित बिशाल थापा मगरको वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरवमा असमायिक निधन भएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा हेटौँडा शाखाका अभिकर्ता, एजेन्सी मेनेजरहरु, बैंकर्सहरु तथा स्थानियको उपस्थिति रहेको थियो ।