रजस्वला सरसफाइ ब्यबस्थापन अभिमुखिकरण कार्यक्रम
हेटौडा (भीमफेदी) – ‘शिक्षित नारी सबैको भर, स्वस्थ्य नारी रमाइलो घर’ नारा सहित तामाङ प्राज्ञ सभाको आयोजनामा तथा भीमफेदी गाउपालीकाको सहयोगमा दुइदिने रजस्वला सरसफाइ ब्यबस्थापान सम्बन्धि अभिमुखिकरण कार्यक्रम समापन भएको छ ।
तामाङ प्राज्ञका अध्यक्ष श्यामलामाको सभापतीत्वमा भएको कार्यक्रममा भीमफेदी गाउपालीकाको अध्यक्ष हिदम लामाको प्रमुख आतीथ्यमा भीमफेदीको बिद्यालयकाबालीकालाइ लक्षित गरी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहजिकरणको लागी संयोजक सरस्वती लामा,कुमारी वाइबा, र्निमला ब्लोन लगायतको सहभागी रहेको थियो ।
स्वास्थ्य सम्बन्धि किशोरी महिलामा रजस्वलाको बारे अभीमुखिकरणको लागी प्रमुख प्रशिक्षक डा. सन्ध्या अधिकारीले गर्नु भएको थियो । भीमफेदी गाउपालीकामा सबै किशोर अबस्थाका बालीकालाइ बिद्यालय स्तरबाट सेनेटरी प्याड निशुल्क बितरण गर्न पच्चिस लाखको प्रदान गरेको र अझै यसको माग बढदो भएकोले यस कार्यक्रममा प्रशिक्षित बालीकाहरुले सेनेटरी प्याड समेत र्निमाण गर्ने प्रशिक्षण भएकोले स्तरीय प्याड बनाउन सके बजार गाउपालीका नै हुने बिश्वास सहित यहि रोजगार प्रबद्धन समेत हुने गाउपलिकाको अध्यक्ष हिदम लामाले बताए ।
प्रशिक्षण कार्यक्रममा बिद्यालय शिक्षिका, छात्रा बिद्यार्थी लगायत सहकारी, संघसंस्थाका गरी ३५ जनाको सहभागीता रहेको कार्यक्रममा सहभागीलाइ गाउपालीका भीमफेदीका उपाध्यक्ष पार्बती रानाले प्रमाण पत्र बितरण गरेको भीमफेदीबाट पत्रकार सुरेन्द्र राजथीकेले जानकारी दिए ।