हरिवन उद्योग वाणिज्य संघले क्यास काउन्टर सञ्चालन गर्न माग

राजु तामाङ
२८ जेष्ठ २०७६, मंगलवार ०८:५९

हरिवन – सर्लाहीको हरिवनमा रहेको नेपाल बैंकको उपशाखा कार्यालयलाई उद्योग वाणिज्य संघले क्यास काउन्टर संचालनको लागि माग गरिएको छ । बैंकको उपशाखाका प्रवन्धक कृष्ण पौडेललाई संघका महासचिव रामचन्द्र गौतमले पत्र बुझाएका हुन ।

संघको गत २४ गते बसेको बैठकले हरिवनमा शनिबार र बुधबार हाटबजारका दिन पनि क्यास काउन्टर संचालन गर्नु पर्ने निर्णय गरेको थियो । सोही अनुसार बजार क्षेत्र भएकोले शनिबार बजारको दिन व्यापारी र ग्राहकवर्गहरुको चाप दिनानुदिन बढ्दै गइरहेको कारण सबैको सहजताको लागि काउन्टर संचालको लागि माग गरिएको छ ।

संघमा सरोकारवाला, व्यापारिक तथा आर्थिक कारोबार गर्ने ग्राहकहरुको आर्थिक कारोबार गर्न असजिलो भएको भन्दै गुनासो आईरहेको हुँदा उनीहरुको आवश्यक्तालाई मध्यनजर गर्दै क्यास काउन्टर संचालन गरिदिन अनुरोध गरेको संघका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए ।

जायज माग भएकोले आफुहरुले पनि यो विषयमा सोचीरहेको हुँदा छिट्टै नै लागु हुने उपशाखाका प्रवन्धक कृष्ण पौडेलले बताए । शनिबार क्यास काउन्टर संचालन गर्दा ग्राहकलाई पनि फाईदा र शाखलाई पनि नयाँ खाता खोल्ने ग्राहकहरु बढ्ने भएको हुँदा छिट्टै नै क्यास काउन्टर संचालनमा आउने उनले   भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*