खेतमा घाँस काट्न गएकी महिलाको करेन्ट लागेर मृत्यू
सल्यान, २८ जेठ । सल्यान जिल्लामा करेन्ट लागेर सोमबार एक महिलाको ज्यान गएको छ । खेतमा घाँस काट्न गएको बेला उनलाई करेन्ट लागेको हो । करेन्ट प्रवाह भैरहेको विद्युतको तार छुँदा बागचौर नगरपालिका २ की ३६ वर्षीय भूमि ओली मृत्यु भएको हो ।
लत्रिएर भुइँमा झरेको तार टेकिएर करेन्ट लागेको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ । विद्युत प्राधिकरणले क्षति पूर्ती दिने सहमतीमा शव उठाइएको छ । विद्युत प्राधिकरणले करेन्ट प्रवाह भएको तार भुइँमा लत्रिदासमेत ध्यान नदिएको स्थानीयको आरोप छ ।