पर्यटकीय स्थलको रुपमा निर्माण गर्दै, मोरङगे ताल

जयराम मोक्तान
२६ जेष्ठ २०७६, आईतवार ०८:०३

हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी वडा नम्बर ६ स्थित सुनाचुरिमा रहेको मोरङगे ताललाई संरक्षणमा गरि पर्यटकीय स्थल निर्माण गरिदै छ । ताललाई संरक्षण गरि पर्यटकिय स्थल निर्माणका लागि स्थानियहरुको सक्रियतामा निर्माण तथा संरक्षण समिती बनाई धमाधम संरक्षण तथा निर्माण कार्य भइरहेको छ ।

अहिले ताल वरिपरि रहेको झाडी सरसफाई , तारबार निर्माण कार्य , मचान निर्माण तथा पुर्व पश्चिम राजमार्गको नजिकै ताल पर्ने भएकाले गाडीमा यात्र गर्ने यात्रुहरुले जथाभावि फोहोर नगरुन भन्दै अत्यधुनिक सुबिधा सम्पन्न सौचालय निर्माण समेत गरिहेको हरियालि मोराङगे ताल पार्क तथा पर्या पर्यटन ब्यवस्थापन समितीका अध्यक्ष नारायाण श्रेष्ठले जानकारी दिए ।

उक्त शौचालयमा एकै चोटी २० जना भन्दा बढि यात्रुले प्रयोग गर्न सकिने छ । ब्रह्मादेबि लामिदमार मध्यवर्ति सामुदायिक वनको क्षेत्रमा पर्ने उक्त ताल १ विगाह क्षेत्रफलमा फैलिएको छ भने ५ फिट भन्दा बढि गहिराई रहेको छ ।

तालमा भएको पानी बाह्रै महिना नसुक्ने समितीका अध्यक्ष श्रेष्ठले बताए । पर्यटन क्षेत्र निर्माण सम्पन्न पश्चात उक्त तालमा ठुला ठुला माछा, गोहि कछुवा तथा अन्य पानीमा बस्ने प्राणीहरुको अबलोन गर्न सकिने छ भने जंगल क्षेत्रमा हात्ती, गैडा, चित्तल, जरायो लगायत विभिन्न जिवजन्तुहरुको अवलोकन गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

बिगत एक वर्ष अघि देखि निर्माण कार्य थालिएकोा उक्त क्षेत्रलाई मनहरी गाउँपालिकाबाट ५ लाख , सुनाचुरी सामुदायिक वनबाट ५ लाख तथा राप्ती डिभिजन वन कार्यलय मनहरीबाट ८ लाख आर्थिक सहयोग भएको छ । अबको एक वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गराई पर्यटकलाई भित्र्याउने लक्ष्य राखिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई स्थानिहरुको आर्थिक स्थर बृद्धि गराउने उद्धेश्य समितीले राखीएको छ भने एक सय भन्दा बढि स्थानिय युबाहरुले प्रत्यक्ष रुपमा रोजगार पाउने छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*