दोस्रो हेटौँडा जर्नालिजम अवार्डमा ६ पूर्वअध्यक्ष सहित ११ जना पत्रकारलाई अवार्ड (भिडियो)
हेटौडा । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा शनिबार हेटौँडामा भएको दोस्रो हेटौँडा जर्नालिजम अवार्ड २०७६ मा मकवानपुरका ११ जना पत्रकारहरुलाई अवार्ड वितरण गरिएको छ । साथै नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा महासंघ शाखा मकवानपुरका पूर्व अध्यक्षहरु नवराज शर्मा, कौशल पाण्डे, प्रताप विष्ट, राममणि दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठलाई सम्मान गरिएको हो ।
यद्यपि विशेष कारणवश पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ भने कार्यक्रममा उपस्थित थिएनन् । उनीहरुलाई आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । हेर्नुहोस् पुरा भिडियो-
अवार्ड अन्तर्गत उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड एभिन्युज टेलिभिजनका राजन दाहाल लाई प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड नागरिक दैनिकका अशोक सुजन श्रेष्ठ, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड साझाकुरा दैनिक र कारोबार दैनिकका केशव समपर्ण, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड अन्नपूर्ण पोष्ठ दैनिकका कृष्ण सारु मगर र उत्कृष्ट सम्पादक वर्ष अवार्ड साझाकुरा दैनिकका सुवास विडारीलाई प्रदान गरिएको थियो ।
नव उदयमान पत्रकार वर्ष अवार्ड रेडियो थाहा सञ्चारकी सृजना नेपाल, उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड प्रष्टखबर डटकमका सुनिल सिवाकोटी, उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड रेडियो थाहा सञ्चारका दर्शन क्षेत्री, उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड रेडियो मकवानपुर र प्रदेश दैनिकका गणेश अधिकारीलाई प्रदान गरिएको थियो ।
उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड टिम टेलिभिजनकी नानीमाया सापकोटालाई प्रदान गरिएको थियो । ९ विधाका अवार्ड विजेताहरुलाई नगद पाँच हजार र उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड प्राप्त गर्नेलाई दश हजार नगद सहित अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले कार्यक्रमलाई सम्बोधन गर्दै सबै सम्मानित हुने र अवार्ड प्राप्त गर्ने सबै पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
सांगीतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश सपुतले गलबन्दी गीत प्रस्तुत गरि सबैलाई झुमाएका थिए । उनलाई गायिका काजल गुरुङले साथ दिएकी थिइन् । कार्यक्रममा हेटौंडाका कलाकारहरु सुनिता शर्मा लुइँटेल, कविराज हुमागाई, स्वस्तिका ढकाल, देवेन्द्र कार्की लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।
अवार्ड कार्यक्रममा प्रदेश ३ का सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गी, उद्योग संघका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, चुरेहिल हस्पिटलका प्रमुख डा. सुन्दर श्रेष्ठ, नेपाली कांगे्रस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जनप्रतिनिधि, चलचित्र पत्रकारहरु, चलचित्र कोपिलाका टिम, युवा व्यवसायीहरु, पत्रकारहरु, विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा उनीहरुकै हातबाट अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष मणिराज गौतमले बताए ।
मकवानपुरका पत्रकारहरुमा हौसला प्रदान होस भन्ने अभिप्रायले अवार्ड कार्यक्रम गरिएको हो । यस अघि यूएईको बरदुवईमा पहिलो अवार्ड कार्यक्रम गरिएको थियो । यो पनि हेर्नुहोस्-
Timro Mayale Badhera Rakha By Kabiraj humagain
Prakash Shaput लाई टक्कर दिईन् यी युवतीले
स्टेजमै भावुक भए Prakash Saput
Prakash Saput को गलबन्दीमा दर्शक झुण्डिए