सर्बत्र चर्चामा ‘गोरी-गोरी २’ (भिडियो)

तामसालिङ खबर
२७ जेष्ठ २०७६, सोमबार ०७:४४

हेटौडा – गायक रोशन फ्युबाको गीत ‘गोरी गोरी २’ युट्युबमा रिलिज भए संगै टिकटकमा समेत अत्यधिक रुचाइएको छ । मेन्दोमाया सांगीतिक क्षेत्रमा मात्र नभई तामाङ सेलो संगीतमा समेत अब्बल रुपमा परिचित गायक रोशन फ्युबाले पहिलो गीत ‘गोरी गोरी’ बाट अत्यधिक सफलता पछि भाग दुइको रुपमा ‘गोरी गोरी – २ ल्याएको हो ।

चर्चित नायक पल शाह र भुटानी नायिका उगेन छोदेनलाइ फिचरिङ गरिएको गीतमा गायिका छिमी माम्बाले समेत साथ दिएको छिन् । भिडियो रिलिज भएको एक सातामै तिन लाख २३ हजार पटक हेरिएको छ । १२ हजार लाइक र १ हजार अन्ठाउन्न कमेन्ट पाएको गीतलाइ सबैले प्रसंशा गरेका छन् ।

गायक फ्युबाको शब्द संगीत र सम्पादन रहेको गीतलाइ ल्हाप्साङकर्पो म्युजिक सेन्टरले निर्माण गरेको छ । ‘गोरी गोरी’को सफलताको कारण ‘गोरी गोरी २’ ल्याउन हौसला मिलेको गायक फ्युबाले तामाङ, नेपाली(खस), तिब्बेतियन, भुटानी जोङ्खा, अंग्रेजी, चाईनिज, जापनिज, कोरियन, अरबी, हिन्दि लगायतको १० भाषामा सबटाइटल गरिएको छ ।

टेकेन्द्र शाहको निर्देशनमा बनेको म्युजिक भिडियोलाई रामकुमार केसीले छायांकन गरेको हो । गीतलाइ सन्तोष राजबंशीले कोरियोग्राफी गरिएको हो । म्युजिक भिडियोलाई ल्हाप्साङकर्पोको अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

भिडियो हेर्नुस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*