मनहरीमा ४७ औं विश्व वातावरण दिवस मनाइयो

जयराम मोक्तान
२२ जेष्ठ २०७६, बुधबार २०:५१

मनहरी – मकवानपुरको मनहरीमा ४७ औं विश्व वातावरण दिवसमाको अवसरमा बिबिध कार्यक्रम गरि मनाएको छ । कार्यक्रमको अवसरमा वातावरणलाई हराभारा राख्नु आजको आवश्यक्त रहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती बताएका छन ।

बिश्वमा अहिले चरम रुपमा वातावरण विनास भइरेहेको भन्दै उनले मानव लगाएत्का अन्य जिव जन्तुको लागि राम्रो संकेत नभएको बताए । ४७ औ बिश्व बाताबरण दिबस दिवसको अवसरमा मनहरी ८ सिमपानीमा निर्माणधिन पर्यटकिय स्थल पिस पार्क क्षेत्रमा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल मनहरीको आयोजनामा गरेको वृक्षरोपन कार्याक्रममा बोल्दै अध्यक्ष उप्रेतीले यस्तो बताएका हुन ।

राप्ती डिभिजन कार्यालय मनहरीका प्रमुख दिर्घ नारायण कोईरालाले मानब जातिको प्रजननदर दिन प्रति दिन बढिरहेको भन्दै एक शिशुले यस धर्तिमा जन्ममा लिए संगै कम्तिीमा ५० वटा विरुवा वृक्ष रोपन गरे बढ्दो वातावरणिया ह्रासलाई रोकने सक्ने बताए ।

हाम्रा वरिपरि रहेका बोटरिुवा तथा बिभीन्न किसिमका बस्तुहरुलाई जोगाइ राख्न सके मानबलाई आबश्यक पर्ने अक्सिजन लगाएत बिभीन्न किसिमका अत्याबश्यक तत्व परिपुर्ति हुने बताए । कार्यक्रमको अवसरमा मनहरी ८ पिसपार्क क्षेत्रमा बिभीन्न जातका १० सय भन्दा बढि बिरुवा रोपिएको छ ।

मनहरीका सामुदायिक वनका उपभोत्ताmहरुलाई पनि वन संरक्षणमा सहयोग गरेर वातावरणलाई अनुकुल राख्न सहयोग गर्न आग्रह गरे । मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्त महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेतीको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा राप्ती डिभिजन कार्यालय मनहरीका प्रमुख दिर्घनारायण कोईराला, आमा घरका प्रमुख आमा, मध्यवर्ती ब्याबस्थापन समितिका अध्यक्ष पदम् बहादुर तितुङ्, लगायतको सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*