मिडिया काउन्सिल विधेयक सच्याउन सरोकार पक्षहरुबीच छलफल

तामसालिङ खबर
२२ जेष्ठ २०७६, बुधबार २०:३४

हेटौँडा – नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा सरकारले ल्याउन खोजेको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता बिरोधी प्राबधान हटाउनुपर्ने माग गर्दै सरोकार पक्षहरु बीच छलफल कार्यक्रम गरेको छ । छलफल कार्यक्रममा मकवानपुरे राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्थाका प्रतिनिधिहरुले दबाब दिने बताएको छ ।

कार्यक्रममा बोल्दै तिन नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनीयाले सरकारले पत्रकारितामाथि निरंकुशता लादन खोजेको बताए । पत्रकारिता राज्यको चौथो अंग पनि भन्ने अनि निरंकुश लाद्ने काम गरेको भन्दै उनले कुनैपनि हालतमा उक्त विधेयक सच्याउन पर्ने बताए ।

त्यस्तै, नेकपा मकवानपुरका अध्यक्ष तथा तिन नम्बर प्रदेशका सांसद मुनु सिग्देलले सरकारले विधेयकलाई सच्याएरमात्र लैजानुपर्ने बताईन् । संसदमा पेस भएको बिधयक जस्ताकोतस्तै पास नहुने बताउदै पत्रकारितालाइ मर्यादित वनाउने जिम्मा पत्रकारहरुको रहेको भन्दै राज्यले पनि पत्रकारहरुलाई अंकुश लगाउन नहुने बताए ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा तिन नम्बर प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, नागरिक सरोकार केन्द्र मकवानपुरका संयोजक धुर्बप्रसाद चौलागाई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*