चौध विद्यार्थी घाइते हुनेगरी कुट्ने शिक्षिकालाई मुद्दा चलाईने

तामसालिङ खबर
२२ जेष्ठ २०७६, बुधबार १९:५९

रोल्पा – चौध जना विद्यार्थीहरु घाइते हुने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । विद्यार्थी घाइते हुने गरी कुटपिट गर्ने स्थानीय रुम्टीगढी गाउँपालिका–८, भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई मुद्दा चलाइने भएको हो ।

पुनले विद्यार्थीलाई कुटपिट गरी हातै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो । सो घटनामा कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका थिए ।

घटना वैशाख १२ गते भएको भए पनि वडा नम्बर ८ का वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गराइएको हल्लेरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अपराध संहिता २०७४ को दफा ११८ बमोजिम उनलाई एक वर्षसम्म कैद वा रु १० हजारसम्म जरिवाना वा दुवै सजायसम्म हुनसक्ने कानूनविद्हरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*