४७ औ विश्व बाताबरण दिवस हेटौंडामा भब्य मनाईयो
हेटौंडा – तिन नम्बर प्रदेशको मुकाम हेटौडामा बृहत र्याली सहित ४७ औ विश्व बाताबरण दिवस भब्यताका साथ मनाइएको छ । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा भएको ४७ औ विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै बुधबार सम्पन्न भएको छ ।
“स्वच्छ वायु, स्वस्थ जिवन” भन्ने मुल नाराका साथ भएको विश्व वातावरण दिवसको अबसरमा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो ।
वातावरणीय सचेतना मुलक वृहत र्यालिमा १५० वटा भन्दा बढी टोल विकास संस्था, विद्यालयहरु, विभिन्न जातिय एवं धार्मिक संघसंस्थाहरू सहभागी रहेका थिए । हेटौंडाको हुप्राचौरबाट सुरूवात गरिएको र्यालि कार्यक्रममा विभिन्न बाजागाजा र झाकी सहित भुटनदेवि माध्यमिक विद्यालयको चौरमा आएर सभामा परिणत भएको थियो ।
र्यालिमा टोल विकास संस्था तर्फ हेटौंडा वडा ११ को सिमलटार टोल विकास संस्था प्रथम, दोश्रोमा हेटौंडा ९ को प्रगति टोल विकास संस्था, तेश्रो हेटौंडा ५ को अब्बलडाडा टोल विकास संस्था र सान्त्वना हेटौंडा ४ को चिसापानी टोल विकास संस्था, समाज कल्याण टोल विकास संस्था, हेटौंडा १ को विन्दवासिनि टोल विकास संस्था, हेटौंडा ६ स्थित राईटोल टोल विकास संस्था पुरस्कृत भएका थिए । पुरस्कृत हरूलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजारका दरले सम्मान गरिएको थियो ।
त्यसै गरि संघसंस्था तर्फ हेटौंडा ७ को वातावरण सुधार समिति प्रथम, हेटौंडा ८ को किरणचोक बाल क्लब दोश्रो र नारायणी नर्सिङ कलेज तेस्रो भएको थियो । पुरस्कृतहरूलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार प्रदान गरिएको थियो ।
विद्यालय तर्फ अमर माध्यमिक विद्यालय हेटौंडा १ प्रथम, ज्ञानदा मावि हेटौंडा ४ दोश्रो र सनराईज बोडिङ स्कुल हेटौंडा १२ तेश्रो भएको थियो । उनिहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर मिना कुमारी लामा, नेपाली काङ्ग्रेसका प्रवक्ता प्रदिप कोईराला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं वन, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक राजन थापा, हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।