‘तिमीले बाटो फेरेउ अरे – २’ को किड्स भर्सनमा जिग्मे (भिडियो)

तामसालिङ खबर
२२ जेष्ठ २०७६, बुधबार ११:१८

काठमाण्डौ – चर्चित नेपाली गीत ‘तिमीले बाटो फेरेउ अरे – २ ’ को किड्स भर्सन रिलिज भएको छ । भाग २ मा पनि बालगायिका जिग्मे छोकी घिसिङ कै स्वर रहेको छ । भिडियो रिलिज भएको ५ दिनमा यो समाचार तयार पर्दा सम्म १ लाख ५६ हजार ४ सय असी पटक सो गीतलाइ हेरिएको छ भने १२ हजार जनाले लाइक नौ सय जनाले कमेन्ट गरेका छन् ।

भाग दुई पनि भाग एक कै लयमा रहेको गीतमा पनि माया–प्रेमकै भाव ब्याख्या गरिको छ । दर्पन राईको शब्द रहेको गीतलाई विक्रम राईले संगीत दिएका छन् । रिकेश गुरुङको एरेन्ज रहेको गीत राजेश श्रेष्ठले रेकर्डिङ गरेका छन् । डम्बर राईले खिचेका भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।

पहिलो गीतबाट दर्शकले सर्वाधिक मायाको कारण अहिले यो स्थानमा छु । भाग दुइको गीतलाई पनि धेरैभन्दा धेरै माया र रुचाइ दिने आशा राखेको बताइन् ।

दर्पण राईले नै लेखेका विगत तीन बर्षअघि रेकर्ड गरेका ‘तिमीले बाटो फेरेउ अरे’ जिग्मेले नै किड्स भर्सनमा सर्वाधिक हेरेका थिए । गीतलाई फिमेल भर्सनमा गायिका मेलिना राई र मेल भर्सनमा राजेश पायल राईको आवाज रहेको छ ।

भिडियो हेर्नुस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*