धरानको स्वीमिङ पुलमा पनि डेंगुको लार्भा र अण्डा भेटियो

तामसालिङ खबर
२१ जेष्ठ २०७६, मंगलवार १६:१६

धरान – सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको छ । धरानको एक स्वीमिङ पुलमा समेत डेंगुको लार्भा र अण्डा भेटिएको छ । बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ चिकित्सकको टोली सहितको ¥यापिड रेस्पोन्स टिमले धरानको सबैभन्दा धेरै डेंगु प्रभावित क्षेत्रमा परीक्षण गर्ने क्रममा धरान १५ नौलोपथमा रहेको धरान रिक्रिएशन प्रा.लिई ले सञ्चालन गर्दै आएको स्वीमिङ पुलको पानीमा डेंगुको अण्डा र लार्भा भेटिएको हो ।

¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजय कुमार खनालका अनुसार डेंगुको अण्डा तथा लार्भा भेटिनासाथ तुरुन्तै त्यहाँका कर्मचारीलाई नष्ट गर्न र नष्ट गर्ने तरिका बताए पनि अहिलेसम्म स्वीमिङ पुलले नष्ट नगरेकोले त्यस आसपासमा डेंगुको सङ्क्रमण बढ्न सक्ने छ ।

डेंगुको अण्डा तथा लार्भा नष्ट गर्नकोलागी पेट्रोलियम पदार्थ वा त्यहाँको पानी सुकाएर केही समयको लागी पोखरीलाई सुख्खा राख्नुपर्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए ।

अहिले धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भए पनि प्रभावकारी हुन नसकेको चिकित्सकहरू बताउँछन् । बिरामी नदेखिएका ठाउँहरूमा समेत डेंगुको लार्भा र अण्डा भेटिएको ¥यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले बताए । धरानमा डेंगु सङ्क्रमण दर उच्च रहेकोले यसलाई नियन्त्रण गर्न जनप्रतिनिधि जागरुक हुनुपर्नेमा उनले जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*