रसुवामा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

तामसालिङ खबर
२१ जेष्ठ २०७६, मंगलवार १३:३६

रसुवा – रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घले रहेका छन् ।

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिका–१ गुम्चेतमा दुर्घटना भएको हो । दुर्घटनामा परि सोही ठाउँका ३२ वर्षीय सवारी चालक निमा तामाङ र ३५ वर्षकी जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, ३ वर्षीय निमा छेवाङ तामाङ र ५ वर्षीय फुर्बु याङजेन तामाङ घाइते भएका छन् । उनीहरुलाई त्रिशूली अस्पताल उपचारपछि थप उपचारका लागि काठमाडौ पठाएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको रसुवाबाट पत्रकार प्रेमकुमारी तामाङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*