राक्सीराङमा घेदुङको गाउपालिका कमिटि गठन, अध्यक्षमा काजिमान मोक्तान सर्बसम्मत चयन
हेटौडा (राक्सीराङ) – नेपाल तामाङ घेदुङ राक्सीराङ गाउपालिकाको प्रथम भेला बिहिबार सम्पन्न भएको छ । राक्सीराङ गाउपालिका वडा नम्बर तिन सरिखेतमा भएको भेलाले १७ सदस्यीय नया कमिटी गठन गरेको छ । गाउपालिका कमिटीको अध्यक्षमा काजिमान मोक्तान सर्बसम्मत चयन गरिएको छ ।
त्यस्तै, उपाध्यक्षमा सुलभ स्याङ्तान, महिला उपाध्यक्षमा सानुमाया नेगी, सचिबमा हस्तबहादुर मोक्तान, कोषाध्यक्ष मेम्बरसिं स्याङ्तान, सहसचिबमा रामबहादुर मोक्तान रहेको छ ।
त्यस्तै गरि, सदस्यहरुमा निर्मला दोङ, सिंहराम रुम्बा, पदम स्याङ्तान, कृष्णलाल तामाङ, कृतिमा गोले, जनक ब्लोन, बेलिमाया मोक्तान, शुरेस ब्लोन, बुद्धि मोक्तान, सागर घलान, मानबहादुर वाइबा लगायत चयन भएका छन् ।
हस्तबहादुर मोक्तानको सभाध्यक्षमा भएको भेलामा नेपाल तामाङ घेदुङको संघीय सदस्य सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो । भेलामा घेदुङको जिल्ला अध्यक्ष लिलाकुमार घलान, जिल्ला समन्वय समितिको सदस्य सानुकान्छी स्याङ्तान, वडा नम्बर ३ को वडाअध्यक्ष बाबुलाल स्याङ्तान, पुर्बसदस्य गौतमबुद्ध लामा, युवा समाजसेबी बनस्तम थिङ लगायतकोले मन्तब्य ब्यक्त गरेका थिए ।
भेलामा राक्सीराङ गाउपालिका घेदुङको सल्लाहकार समितिमा गाउपालिकाको उपाध्यक्ष निर्मला हिम्डुङ संयोजक रहने गरि सात सदस्यीय सल्लाहकार समिति समेत बनाइएको छ ।
समितिको सदस्यहरुमा वडा नम्बर तिनको वडाअध्यक्ष बाबुलाल स्याङ्तान, एक नम्बर वडाको वडा अध्यक्ष कान्छाराम रुम्बा, नौ नम्बर वादको वडा अध्यक्ष रामकुमार बाल्पा, समाजसेबी बनस्तम थिङ, बिरेन्द्र जिम्बा लगायतका रहेका छन् ।