प्रधानमन्त्री ओलीलाइ सम्मानार्थ विद्यावारिधीको उपाधी

तामसालिङ खबर
१५ जेष्ठ २०७६, बुधबार १७:०७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार एक समारोहका बीच दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका तर्फबाट राजनीतिमा सम्मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ । बुधबार काठकाडौंमा एक कार्यक्रमको आयोजना गरेर बिश्वबिध्यालय प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा प्रेसित समाचारमा जनाइएको छ ।

उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाईगरेको सम्मानका रुपमा लिएको बताए । उनले भने, ‘यो सम्मान मेरो व्यक्तिगत होइन, सम्पूर्ण नेपालीको सम्मान हो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल पनि अब छोटो समयमै विकसित हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*