तिन नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत (पूर्ण पाठ सहित)

तामसालिङ खबर
१४ जेष्ठ २०७६, मंगलवार १८:४०

हेटौँडा – तिन नम्बर प्रदेश सरकारले आउदो आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अनुराधा कोईराला र मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम पालैपालो प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले भुकम्पबाट क्षति भएको विद्यालयलाई चाडै पुननिर्माण गर्नको लागि प्रदेश सरकारले ध्यान दिने बताए ।

आगामी दुईबर्ष भित्रमा २ हजार सिट क्षमताको प्रादेशिक सम्मेलन केन्द्रको स्थापना गर्ने तयारी गरिएको छ । सार्बजनिक, नीजि, सहकारीको साझेदारीमा सार्बजनिक बस सेवा सञ्चालन गर्ने गरि प्रादेशिक यातायात प्राधिकरणको गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, नीति तथा कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान बनाउनको लागि नीतिगत ब्यवस्था गर्ने बताएका छन् । नीति तथा कार्यक्रममा प्रदेशको सुरक्षा तथा आन्तरिक सुरक्षालाई मजवुत बनाउनको लागि प्रदेश अनुसन्धान ब्युरो बनाईने बताए ।

मुख्यमन्त्री पौडेलले तिन नम्बर प्रदेशमा रहेका तीनवटा महानगरपालिकामा रहेको खरको छानो भएको घरलाई विस्तापित गर्दै जस्ताको छानो हाल्ने घोषणा गरे । यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले उपभोक्ताको हितको लागि नियमित बजार अनुमन गरिने बताए ।

पछिल्लो समयमा नियमित बजार अनुमगन नहुदा उपभोक्ताहरु ठगिने कार्य भएको सो कुरालाई मध्यनजर गर्दै सरकारले नीति तथा कार्यक्रममानै यस्तो ब्यवस्था ल्याएको हो । यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश तीनको प्रत्येक जिल्लाका एक रंगशाला तथा प्रत्येक निर्वाचन क्षेत्रमा एक कवर्डहल निर्माण गर्ने घोषणा गरेका छन् ।

यसैबिच मुख्यमन्त्री डोरमणी पौडेलले विकासको योजना थप ब्यवस्थित बनाउन मुख्यमन्त्री विकास आयोजनाको अनुमान गर्न नीतिगत तथा सस्थागत संरचनाको स्थापना गर्ने र मुख्यमन्त्रीको कार्यालयमा फलोअप डेक्स निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

तिन नम्बर प्रदेशको २०७६/०७७ को नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नुस:

नीति तथा कार्यक्रम २०७६-७७

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*