२४ औं पटक सगरमाथा आरोहण गर्न सफल, आरोही कामीरिता शेर्पा
काठमाडौं – २४ औँ पटक सफल रुपमा सगरमाथा आरोहण गरेका कामीरिता शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनका आफ्नत लगायत नेपाल पर्वतारोहण संघले भव्य स्वागत गरेको हो ।
सोलुखुम्बु थामेका कामीरिता शेर्पाले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सगरमाथा आरोहण गरेका थिए । आरोही शेर्पालाई खादा, तागि र दुच्छेद्धारा स्वागत गरिएको थियो । एकै हप्तामा दुई पटक सगरमाथा आरोहण गरेका शेर्पाले जीवनकै सुखद पक्ष भएको सुनाए ।
सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै उनले भने,‘मलाई आराम चाहिएको छ । स्वास्थ्यको हिसावले धेरै बोल्न चाहान्न ।’ सञ्चारकर्मीले हिमाल आरोहण गर्ने की नगर्ने भन्ने प्रश्न नगर्न समेत शेर्पाको अनुरोध थियो । ‘शेर्पाले हिमाल चढ्नेकी नचढ्ने भन्नु र पत्रकारले समाचार लेख्ने की नलेख्ने भनु उस्तै हो ।’
उनको स्वागतका लागि नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, महासचिव कुल बहादुर गुरुङ र सचिव टिकाराम गुरुङ समेत पुगेका थिए । @नागरिकखबर डटकम