हेटौँडाको बाल जागृति युवावर्षमाविमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता

तामसालिङ खबर
११ जेष्ठ २०७६, शनिबार ०८:११

मकवानपुर/मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ गौरीटारमा अवस्थित बालजागृति युवावर्ष माविमा शुक्रबा अतिरिक्त क्रियाकलाप अन्तर्गत अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समितिका संयोजक कुमार रुम्बाको अध्यक्षतामा प्रत्येक तह स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिता अन्तर्गत आधारभूत तहको कक्षा ३ देखि ५ सम्म र आधारभूत एवम् माध्यमिक तह कक्षा ६ देखि १० सम्मको तह स्तरिय प्रतियोगित भएको हो । आधारभुत तह स्तरीयमा १५ जना सहभागी भएका थिए । जसमा प्रत्येक कक्षाको १–१ जना रहने गरि समूह ए देखि ई सम्म निर्माण गरिएको थियो । त्यस्तै आधारभुत एवम् माध्यमिक तह स्तरीय प्रतियोगितामा २५ जनाको सहभागिता रहेको थियो । यस समूहमा समूह ए देखि ई सम्मको निर्माण गरिएको थियो । आधारभुत तहको नेतृत्व शिक्षक इन्जुका तिमल्सिना र आधारभुत एवम् माध्यमिक तहको नेतृत्व सुमन लम्सालले लिएका थिए ।

आधारभूत तह स्तरीय प्रतियोगितामा कक्षा ३ की प्रकृति रुम्बा, कक्षा ४ की मञ्जिला तामाङ र कक्षा ५ का रबिन्द्र रुम्बा प्रथम भएका छन् । त्यस्तै कक्षा ३ की एज्जिला परियार, कक्षा ४ का सरोज राई र कक्षा ५ का दिनेश राई दोस्रो भएका छन् । कक्षा ३ का प्रिन्स सापकोटा, कक्षा ४ की सुन्दरी गोले र कक्षा ५ का आयुष चौँलागाई तेस्रो भएका छन् ।

त्यस्तै आधारभूत एवम् माध्यमिक तह स्तरिय प्रतियोगितामा कक्षा ६ की अस्मिता मोक्तान, कक्षा ७ की सम्पदा वाईबा, कक्षा ८ का पृथक तिमल्सिना, कक्षा ९ सेक्सन बी की सन्ध्या दुलाल र कक्षा १० सेक्सन बीका प्रवेश सापकोटा प्रथम भएका छन् । त्यस्तै कक्षा ६ का सुजन ढकाल, कक्षा ७ का कृजन तिमल्सिना, कक्षा ८ की विनुजा नेवार, कक्षा ९ सेक्सन ए का सोहन कँडेल र कक्षा १० सेक्सन ए का शेखरनाथ दुलाल दोस्रो भएका छन् । प्रतियोगितामा कक्षा ६ की उषा लिम्बु, कक्षा ७ की विनिषा सञ्जेल, कक्षा ८ की सम्झना मोक्तान, कक्षा ९ सेक्सन ए की सञ्जिता सापकोटा र कक्षा १० सेक्सन बि की स्नेह खनाल तेस्रो भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*