त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको भारतीय नोट बरामद

तामसालिङ खबर
१० जेष्ठ २०७६, शुक्रबार १४:५३

काठमाडौं – प्रहरीले कतार एयरवेजको विमानमार्फत नेपाल आएका तीन जना पाकिस्तानी नागरिक ठूलो परिमाणको नक्कली भारतीय नोटसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा युनुस अन्सारीसहित पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार ३ पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न युनुस विमानस्थल पुगेका थिए । विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार बरामद नक्कली नोट गन्ने काम भइरहेको छ । ‘

युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् । प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले त्यसपछि विमानस्थल परिसरमा सर्च अपरेशन चलाउँदा जाली नोट कारोबारमा सहयोगीको भूमिका खेलेको आरोपमा अरु तीन जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा युनिस अन्सारी, सोहेव खान र सुजन रानाभाट रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*