तिन नम्बर प्रदेशको राजधानी सम्बन्धी कार्यविधि पारित

तामसालिङ खबर
१० जेष्ठ २०७६, शुक्रबार १०:०८

हेटौंडा – तिन नम्बर प्रदेशको राजधानी सम्बन्धी कार्याविधि संसदबाट पारित भएको छ । नेकपा ३ नम्बर प्रदेशका संसदीय दलका सचेतक रामेश्वर फुँयालको प्रस्तावमा संसदको सर्वसम्मत रुपमा पारित भएको हो ।

बुधबारको प्रदेश सभाको वैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि पनि छलफल भएको थियो । ३ दिन देखि जारी छलफलमा बुधबार १५ जना प्रदेश सभा सदस्यहरुले आफ्नो मत राखेका थिए ।

यस्तै प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकरामज जम्मकट्टेल पेश गरेका प्रदेश स्तरमा विभुषण सिफारिस तथा सम्मान गर्न कानुनी व्यवस्था गर्न बनेको विधेयक पनि पेश भएको छ । उक्त विधेयक माथि सैद्धान्तिक छलफल भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*