नेवा: तामसालिङ प्रदेशको नाम राख्न माग गर्दै संसदमा प्रस्ताब दर्ता
हेटौडा – तिन नम्बर प्रदेशको नाम नेवा : ताम्सालिङ राख्न माग गर्दै बिहिबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रदेश सभा सदस्य ओम बहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव तथा प्रदेश सभा सदस्यहरु प्रेम बहादुर तामाङ, सीता अधिकारी र रत्न ढकालको समर्थनमा प्रस्ताव दर्ता भएको हो ।
पहिचान भेटिने र द्वन्द्व पनि मेटिने हुनाले प्रदेशको नाम नेवा: ताम्सालिङ राख्नुपर्ने संसद ग्लानले बताए । यस अघि ३ नम्बर प्रदेशको नाम गौरीशंकर राख्नु पर्ने भन्दै प्रदेश सभा सदस्य विशाल खड्काले प्रस्ताव दर्ता गरिसकेका छन् । तिन नम्बर प्रदेशको नाममा बाग्मती, नेपाल मण्डल, पाशुपत लगायतको नाम चर्चामा छ ।