राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझ नै भत्कियो
ओखल्ढुङ्गा – राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो ।
सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ । गणेश मन्दिर नजिक खाल्डा पुरेर पिच गरिएको मुशलधारे पानीले पुरै बगाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।