अञ्जनाको हत्यारालाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
हेटौंडा – ललितपुरको ढोलाहिटिमा गत बैशाख २६ गते मकवानपुरे चेली अन्जना लामा महतको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाईएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जाल र महिला मानव अधिकार रक्षक सन्जाल मकवानपुरले सयुक्त रुपमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामङ्लाई ज्ञापनपत्र बुझाएको छ ।
जघन्य अपराधमा संलग्न भएकोलाई कडा भन्दा कडा सजाँय दिनुपर्ने भन्दै सञ्जालकी संयोजक आरती पाठकले समाजमा यस्ता प्रकृतिको अपराध न्युनिकरण गर्न समेत राज्यले ध्यान दिनुपर्ने बताईन् ।
क्यानडा जाने तयारीमा रहेकी अन्जनालाई परिवारको सदस्य मिलेर हत्या गरेको र कानूनबाट उम्कनको लागि मानसिक अवस्था गुमेको बाहाना पारेको भन्दै सत्यतथ्य खोजेर आफूहरू न्यान दिन सरकारसंग माग गरेको छ ।