मगर युवासंघको सातदिने हस्तकला सामग्री निर्माण सम्बन्धी तालिम शुरु

तामसालिङ खबर
६ जेष्ठ २०७६, सोमबार २१:५४

हेटौडा (भीमफेदी) – नेपाल मगर युवा संघ मकवानपुरले गहुँको छवालीबाट हस्तकला सामग्री निर्माण सम्वन्धी सातदिने तालिम सुरु गरेका छ । भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा आयोजना भएको तालिमको सोमबार एक कार्यक्रमका विच गाउँपालिका उपाध्यक्ष पार्वनी रानाले उद्घाटन गरेकी हुन् ।

प्रशिक्षण लिन आएका युवाहरुलाई आत्मनिर्भर बनाउन समेत पहल उद्येश्यले भीमफेदी गाउपालिकाको उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यतामा भएको शुरु गरिएको तालिममा २० जना सहभागी छन् ।

तालिममा गहुँको छवालीबाट विभिन्न हस्तकलाको सामग्री समेत निर्माण तथा प्रर्दशनी गरिने मगर युवा संघका अध्यक्ष सन्देश तुम्सीङ मगरले बताए ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष सिताराम थापामगर, मगर संघका सल्लाकार रञ्जित राना मगर, भीमफदी गाउँपालिका मगर संघ अध्यक्ष प्रकाश थापामगर लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*