हेटौडाको खेतीसेवा पसलमा शिल

तामसालिङ खबर
६ जेष्ठ २०७६, सोमबार १९:०५

हेटौँडा – हेटौँडाको कान्तिराजपथमा रहेको खेतिसेवा पसलमा शिल गरेको छ । औषधि ब्यवस्था विभाग काठमाण्डौँबाट आएको टोलीलले सो पसललाइ शिल गरिएको हो ।

विभागले लामो समयदेखि पसलको नवीकरण नभएको र कृषि र भेटेनरी सम्बन्धी औषधीलाई उचित व्यवस्थापन गर्न नसकेको भन्दै शिल गरेको थियो । कृषि र भेटेनरी सम्बन्धीका औषधी उचित व्यवस्थापन गर्दै छुट्याउनु पर्नेमा त्यस्तो नभएपछि विभागका फार्मेसी अधिकृत भुपेन्द्रकुमार पौडेलले बताए ।

विभागबाट आएका फार्मेसी अधिकृतहरु भुपेन्द्रकुमार पौडेल तथा बुद्धिबल चिदि, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत विनयकुमार श्रीवास्तव सहितको टोलीले पसलमा शिल गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*