मिडिया काउन्सिल विधेयक संशोधन गर्न सरकार तयार – संचारमन्त्री बास्कोटा
काठमाडौं – संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको ‘मिडिया काउन्सील विधेयक’ संशोधन गर्न सरकार तयार भएको छ । विधेयक पारित भए प्रेस स्वतन्त्रता संकुचन हुने भन्दै पत्रकारहरु आन्दोलित भएपछि सरकार संशोधन गर्न तयार भएको हो ।
नेपाल पत्रकार महासंघ लगायत सञ्चारसँग सम्बन्धित संघ संस्थाहरुले विधेयक फिर्ता लिनुपर्ने मागका साथ आन्दोलन गरिरहँदा सरकारले विधेयक फिर्ता नलिने तर संशोधन गर्ने मध्यमार्गी बाटो रोजेको छ । आईतबार नेकपाको कार्यालय धुम्बाराहीमा नेकपाका नेता र प्रेस संगठनका नेताहरुबीच भएको छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले विधेयक संशोधन हुने बताए ।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, योगेश भट्टराई, पम्फा भुषाल लगायतका नेकपाका नेता र प्रेस संगठनका नेताहरु सहभागी बैठकमा अधिकांशले विधेयकलाई संशोधन गर्नुपर्ने सुझाव दिएको सहभागी एक सदस्यले जानकारी दिए ।
यस विद्येयकलाई पत्रकारले गलत भनिरहेका बेला सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले भने यस विद्येयकले पत्रकारलाई सुरक्षित गर्ने दाबी गरेका छन् । यो पत्रकारको पक्षमा भएको पनि उनले दाबी गरेका छन् बरु संशोधन गर्न सकिन्छ, बिधेयक जसरी नि पारित गरेरै छाड्ने बताए ।
रसुवामा केही समय अघि आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेश पूर्ण भेला तथा गाउँ भ्रमण वर्षका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । बास्कोटाले के भने त ?
भिडियो हेर्नुस: