पुनर्गठित चेम्बर अफ कमर्स मकवानपुरको अध्यक्षमा श्रेष्ठ

तामसालिङ खबर
५ जेष्ठ २०७६, आईतवार ०८:३१

हेटौँडा – मकवानपुरमा गत वर्ष स्थापना भएको मकवानपुर चेम्बर अफ कमर्सको कार्यसमिति पुनर्गठन गरिएको छ । हेटौडामा शनिबार भएको भेलाबाट विजयकुमार श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो । एक वर्ष अगाडि गठन गरिएको ११ सदस्यीय कार्यसमितिलाई अहिले पुनर्गठन गरेर २१ सदस्यीय बनाइएको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कबिन संघामी, महासचिवमा रविन्द्र घिमिरे, सचिवमा नरेन्द्र महर्जन, कोषाध्यक्षमा जितेन्द्र कर्माचार्य र सहकोषाध्यक्षमा शेखर थपलिया छन् ।

यसैगरी सदस्यहरुमा पारशमणी थिङ्, नेत्र प्रसाद खतिवडा, सन्जय गुप्ता, राजु नेपाल, राजाराम बोगटी, गंगाप्रसाद पौडेल, अनिल श्रेष्ठ, शर्मिला श्रेष्ठ छन् ।

यसैगरी अन्य सदस्यहरुमा राजेश अग्रवाल, सन्तोष खतिवडा, सुरज डङ्गोल, हरिशरण अर्याल, दीपक गौतम, बुद्ध अर्याल र देवेन्द्र बर्तौला रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*