हेटौडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने
हेटौँडा – हेटौँडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता जेष्ठ १० र ११ गते हुने भएको छ । मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा हुने प्रतियोगितामा देशभरका १८९ खेलाडी सहभागी रहने भएको छ ।
प्रतियोगिताको विषयमा शनिबार हेटौँडाको न्युज क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक बुद्धिनाथ न्यौपानेले प्रतियोगितामा देशभरका २० जिल्लाका १८९ जना खेलाडीको सहभागिता हुने बताए । प्रतियोगिता अन्तर्गत पुरुष तर्फ ६० किलो माथि तथा ६० किलो तल र महिला तर्फ ५५ किलो माथिले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको प्रथम हुनेले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा दोश्रो तथा तेश्रो हुनेले क्रमश १५ तथा १० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी बेष्ट फाईटरले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
२० वर्ष पछि हुन लागेको राष्ट्रिय प्रतियोगितालाई सफल बनाउनेको लागि उनले सबैलाई आग्रह समेत गरेका छन् । प्रतियोगिताको लागि आउने खेलाडीलाई प्रवेश शुल्क निशुल्क गरेको र ३ दिन सम्म खाना बस्नको सहित ब्यवस्था गरेको आयोजकले जनाएको छ । खेल अवधिभर खेलाडीहरुको दुर्घटना विमाको ब्यवस्था समेत रहेको छ ।