एभरेष्ट म्याराथनको १६ औ सस्करण जेठ १५ गते हुने

तामसालिङ खबर
२ जेष्ठ २०७६, बिहीबार ११:४६

काठमाडौं – विश्वकै सर्वाधिक उचाईमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन जेठ १५ गते हुने भएको छ । आयोजक हिमालय क्सपीडीसन्सले बिहिबार पत्रकार सम्मेलन गर्दै १६ औं संस्करणको एभरेष्ट म्याराथन जेठ १५ गते हुने जानकारी गराएको हो ।

सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट हुने एभरेष्ट म्याराथनमा स्वदेशी र विदेशीगरी २ सय बढी धावकको सहभागिता रहने आयोजकले जनाएको छ । नाम्चे बजारमा आएर समापन हुने म्याराथनमा तीन स्पर्धाको दौड हुनेछ ।

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा ४२.१९५ किमिको म्याराथन, ६० किमिको अल्ट्रा म्याराथन र २१ किमिको हाफ म्याराथनमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । फुल म्याराथनमा महिला, पुरुष र विदेशी विधा समावेश गरिएको छ । फुल म्याराथनको पुरुषतर्फको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार प्राप्त गर्ने छन् ।

महिला स्पर्धामा पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउने छन् । विदेशी स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश ५०,३५ र २५ हजार पाउने छन् । अल्ट्रा दौडको विजेताले १ लाख , दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउने छन् । हाफ म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार पाउने छन् ।

प्रतियोगिताको फुल म्याराथनमा १२५, हाफ म्याराथनमा १२ र एभरेष्ट एक्सट्रिम अल्ट्रा दौडमा १७ खेलाडीको सहभागिता रहने आयोजक हिमालय एक्सपीडीसन्सका इभेन्ट म्यानेजर शिखर पाँडेले जानकारी गराए । प्रतियोगितामा नेपालबाहेक ३१ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खेलपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*