तामाङ सेलो ‘बैना गलबन्दी’ सार्वजनिक
हेटौँडा, जेठ । चर्चित गायिका जितु लोप्चन र गायक बिपेन मोक्तानको आवाजमा रहेको तामाङ सेलो ‘बैना गलबन्दी’ को अडियो भर्सन सार्वजनिक गरिएको छ । डम्फु मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतलाई कुमार घ्लान र कुमारी मोक्तानले प्रस्तुत गरेका हुन् ।
बिपेन मोक्तानको शब्द तथा सानुबाबु घिसिङको संगीतमा तयार भएको गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । डम्फु मिडियाले तयार पारेको अडियो भिडियोमा यो सामाग्री तयार पार्दाको समयमा १ हजार ३ सयभन्दा बढी भ्यूज पुगेको छ । गीतलाई मे १४ तारिखमा सार्वजनिक गरिएको हो । हेरौँ गीत–