दोलखा उद्योग वाणिज्य संघमा श्रेष्ठ निर्वाचित

तामसालिङ खबर
३१ बैशाख २०७६, मंगलवार ०५:२८

दोलखा – दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली काँग्रेसले सर्मथन गरेको लोकतान्त्रिक समूहका इन्द्रबहादुर श्रेष्ठ बहुमत सदस्य सहित बिजयी भएका छन् ।

संघको २२ औँ साधारणसभा तथा अधिवेशनले श्रेष्ठ प्यानलका बहुमत सदस्य निर्वाचित भएका हुन । कुल खसेको मतमा श्रेष्ठले चार सय तीन मत प्राप्त गरे भने प्रतिद्वन्द्वी उम्मेद्वार प्रगतिशिल समुहका सुन्दर कार्कीले तीन सय ६७ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरोज उप्रेतीले जानकारी दिए । कार्की प्यानललाई नेकपाले सर्मथन गरेको थियो ।

उद्योगी र हार्डवेयर व्यापारी श्रेष्ठ यसअघिको निर्वाचनबाट महासचिवमा विजयी भएका थिए । निवर्तमान अध्यक्ष कार्कीले भनेजस्तो काम गर्न नसकेको गुनासो आएको थियो । हाल श्रेष्ठ प्यानलबाट सदस्य पदमा दिनेश थापा, हेमराज रिमाल, सनत थापा, देवकृष्ण थापा, गणेश विक्रम साही, विमल श्रेष्ठ निर्वाचित भएका छन् ।

महिला सदस्यमा अनिता श्रेष्ठ, आरक्षण सदस्यमा नवराज रिजाल र एसोसियट्स सदस्यमा कृष्णबहादुर श्रेष्ठ पनि श्रेष्ठ प्यानलबाटै विजयी भएका छन् । जम्मा १६ सदस्यीय कार्यसमितिको निर्वाचन भएकोमा श्रेष्ठ प्यालनका १० जना निर्वाचित भएका हुन भने कार्की प्यानलबाट दिनेश बस्नेतले चार सय सात मत ल्याई सदस्यमा विजयी भएका छन् ।

यसैगरी सोही प्यानलकाट बलराम थापा, श्यामकाजी कायस्थ, हिमाल न्यौपाने, दिनेश पाठक र सुरेश उप्रेती सदस्य पदमा निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*