मनहरीमा शुक्रबार सम्म यामाहा एक्चेन्ज मेला

तामसालिङ खबर
२७ बैशाख २०७६, शुक्रबार ०६:११

मनहरी – मकवानपुरको लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता राज मोटर्सले मनहरीमा ‘यामाहा महा एक्सचेन्ज मेला’ सञ्चालन गरिरहेको छ । मनहरी बजारमा मंगलबारबाट सुरु भएको एक्सचेन्स मेला शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ । मेलामा जुनसुकै ब्रान्डका मोटरसाइकल लगेर एक्सचेन्ज गरी नयाँ यामाहा बाइक तथा स्कुटर चढेर जान पाइने बताएको छ ।

आफ्नो पुरानो बाइकको राम्रो मूल्यांकन पनि ग्राहकले मेला स्थलमा नै पाइरहेका छन । मूल्यांकन भएको पुरानो बाइक र स्कुटर मूल्यमा यामाहा कम्पनीले १० हजार रुपैयाँ थप दिइरहेका छन । यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा राम्रो मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।

मेला अवधिमा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो मोटरसाइकल साथै स्कुटरको सबैभन्दा उच्चतम मूल्यांकन पाइने कम्पनीको दावी छ । अझ त्यसमाथि यामाहाले कुनैपनि कम्पनीको होस अथवा चल्दै नचलोस सो मोटरसाइकल र स्कुटरको कम्तिमा ३० हजार रुपैयाँ मूल्यांकन, फ्रि एक्सेसरिजमा, लेगाड, हेल्मेट, गल्पस, बाईक कबर, फुट म्याट,२०५ अग्रिम भुक्तानी गरि दैनिक २०० जम्मा हुँने गरि खरिद गर्न सकिने भएकाले ग्राहकको आकर्षण उच्च हुँने पनि जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*