प्रहरी हिरासतमा रहेका युवक गम्भीर घाइते, आफन्तहरु आक्रोशित

ज्ञानेन्द्र तामाङ
२६ बैशाख २०७६, बिहीबार २३:४६

रत्ननगर – इलाका प्रहरी कार्यलय टाँडिमा युवकको मृत्यु भएको भन्दै स्थिति तनावग्रस्त बनेको छ ।

बिहिबार अपरान्ह कालिका नगरपालिका १ का सागर घिसिङ प्रहरी हिरासतमा रहेको बेला गम्भीर अवस्थामा भेटिएपछि उपचारको लागि भरतपुर लगिएको थियो । तर उनको मृत्यु भइसकेको भन्दै आक्रोशित आफन्तजनले प्रहरी चौकिमा ढुङगाुमढा गर्दै केहिबेर राजमार्ग अवरुद्ध गरेका हुन ।

रत्ननगर १ बकुलहरमा राजमार्ग अबरुद्ध गरि नाराबाजिसमेत गरिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केहि राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो ।

तोडफोटमा संलग्न दर्जन बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घिसिङका आफन्तजनले मृत्यु भइसकेको दाबी गरे पनि प्रहरीले भने उनको गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाएको छ । @Greatonline

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*