एनसेललाई लाभकर नतिर्न सर्वाेच्चकाे आदेश

तामसालिङ खबर
२६ बैशाख २०७६, बिहीबार १२:३३

काठमाडौं – सर्वोच्च अदालतले एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशले यसअघि बृहत् पूर्ण इजलासले दिएको परमादेशलाई चुनौती दिएको छ । सरकारलाई बाँकी रहेको पुँजीगत लाभकर तिर्न आनाकानी गरेको एनसेलले मागेअनुसार अन्तरिम आदेश भएको हो ।

बृहत् पूर्ण इजलासको परमादेशअनुसार ठुला करदाता कार्यालयले लाभकरबापतको बाँकी ३९ अर्ब रुपैयाँ तिर्न एनसेललाई ताकेता गरेको थियो । यो समाचार नागरिक दैनिकमा  छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*