ओमान र नेपालबिच श्रम सम्झौता

तामसालिङ खबर
२६ बैशाख २०७६, बिहीबार ११:५२

काठमाडौं – नेपाल र ओमानबिच श्रम समझदारीको मस्यौदामा सहमति भएको छ । बिहीबार र शुक्रवार काठमाडौँमा सम्पन्न दुई देशको उच्चस्तरीय श्रम अधिकारीहरू बिचको बैठकले सम्झौताको मस्यौदामा सहमति भएको हो ।

यो सँगै नेपाल र ओमानबिच पहिलो पटक श्रम समझदारी (एमओयु) हुने भएको छ । सरकार बिचमा हुन लागेकाले अब ओमान जाने नेपालीहरूको सुरक्षा हुने तथा कमाई तथा राम्रो हुने कुराको पनि अपेक्षा गर्न सकिने भएको छ ।नेपालबाट ओमान जाने लागत पनि नलाग्ने व्यवस्था हुने भएको छ ।

नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले व्यहोर्ने, कार्यस्थलको सुरक्षा, स्वास्थ्य बिमा र कार्यक्षेत्रमा हुने दुर्घटनाको बिमाबापतको रकमसमेत रोजगारदाताले नै व्यहोर्ने, न्यायमा सहज पहुँच, कानुनी परामर्शका लागि नेपाली श्रमिकले कुनै शुल्क व्यहोर्नु नपर्ने, श्रमिकले राहदानी आफ्नै साथमा राख्न पाउने, श्रमिकलाई समान व्यवहार गर्नुपर्ने, नियमित तलब भुक्तानी गर्नुपर्ने, कुनै पनि दबाब दिई काम गराउनु नपाइने, सस्तो लागतमा र सहज तरिकाले घरमा पैसा पठाउने व्यवस्था गर्नुपर्ने, लगायतका बुद्धाहरुमा सम्झौता गरेका छन् ।

दुवै देशको मन्त्रिपरिषद्को बैठकले मस्यौदालाई स्वीकृत गरेपछि समझदारीमा हस्ताक्षर हुने मिति र स्थान टुङ्गो लाग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*