संसद खतिवडाको पहलमा लामिटार- मकरी सडकमा साँढे चार करोड लगानी

तामसालिङ खबर
२५ बैशाख २०७६, बुधबार २०:४६

मनहरी– प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाको पहलमा डिभिजन सडक कार्यालय हेटौँडामार्फत १ करोड रुपियाँ लगानी गरी अहिले लामिटारबाट सडकको स्तरीकरण भइरहेको छ । सांसद खतिवडाकै पहलमा अर्थ मन्त्रालयबाट थप २ करोड रुपियाँ स्वीकृत गराइएको छ ।

१ करोड रुपियाँ बिनियोजित भएपनि ठेकेदारले ३९ लाख रुपियाँमा ठेक्का पारेपछि बाँकी रकमको समेत थप ठेक्का भई काम अघि बढिरहेको मनहरी गाउँपालिकाले जनाएको छ ।

स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टीले गरेको प्रतिबद्धता बमोजिम मनहरी गाउँपालिकाको केन्द्र रजैया हुँदै वडा नं १ को चकरीमकरी पुग्ने सडकमा सरकारले लगानी बढाएको छ ।

मनहरी गाउँपालिकाले बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पाँच बर्षभित्रमा पिच हुने गरी उक्त सडक खण्डमा बर्षेनी लगानी गरिरहेको छ । १७ किलोमिटर लम्बाई रहेको यो सडक खण्डलाई निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टीले महत्वाकाँक्षी योजनाको रुपमा लिएको थियो ।

पूर्व पश्चिम राजमार्गको समेत बाइपासको रुपमा रहने यो बाटो निर्माण गर्नका लागि ३८ करोड रुपियाँ लाग्ने डिपिआरमा उल्लेख छ । हालसम्म मनहरी गाउँपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा १ करोड, २०७५÷७६ मा ५० लाख, डिभिजन सडक कार्यालय मार्फत संघीय सरकारले आव २०७५÷७६ मा १ करोड र अहिले अर्थ मन्त्रालयमार्फत थप गरिएको २ करोड समेत गरी कूल ४ करोड ५० लाख लगानी भइसकेको छ ।

आगामी आर्थिक बर्षमा थप रकम संघीय, प्रदेश र स्थानीय सरकारले बिनियोजन गर्ने र आगामी ३ बर्षभित्र कुनै पनि हालतमा उक्त सडक खण्ड पिच हुने गरी कार्ययोजना निर्माण गरी अघि बढ्ने तयारी गरिरहेको अध्यक्ष उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*