रोज लामा र प्रदिप्ता अधिकारीको टक्कर, अन्तिम भोटिङ राति १२ बजेसम्म
मकवानपुर/मिस नेपाल २०१९ अन्तर्गत ‘मिस ब्युटिफुल हेयर’ को भोटिङ गर्ने समय आज अर्थात बुधबार राति १२ बजेसम्म मात्र रहेको छ । भोट गर्ने अन्तिम दिन भएकोले नतिजामा निकै तलमाथि समेत भएको छ । प्रतियोगीहरुबिच निकै प्रतिस्पर्धा समेत भएको भइरहेकोछ । दिउँसो १ बजेसम्मको भोटिङ अनुसार प्रदिप्ता अधिकारीले पहिलो स्थान प्राप्त गर्न सफल भएकी छिन् । त्यस्तै रोज लामाले लगातार अघि बढ्दै दोस्रो स्थान कायम गरेकी छिन् । सातौँ स्थानबाट पाँचौँ हुँदै मंगलबारसम्ममा तेस्रो स्थानमा आएकी रोजले भोटिङ गर्ने अन्तिम दिनमा यस अघि दोस्रो स्थानमा रहेकी सान्त्वना मालाकारलाई पछि पार्दै दोस्रो स्थान कायम गरेकी हुन् । त्यस्तै उनले पहिलो नम्बरमा रहेकी प्रदिप्ता अधिकारीलाई समेत कडा चुनौति दिएकी छिन् । हेरौँ भिडियो रिपोर्ट–
मिस ब्युटिफुल हेयरको बुधबार दिउँसो १ बजेसम्मको भोटिङ अपडेट अनुसार पहिलो नम्बरमा परेकी काठमाडौँकी प्रदिप्ता अधिकारीले २१.९९ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस एथलेटकी विजेता समेत हुन् । त्यस्तै दोस्रो नम्बरमा परेकी काठमाडौँ जोरपाटीकी रोज लामाले १८.८४ प्रतिशत भोट प्राप्त गरेकी छिन् । त्यस्तै तेस्रो स्थानमा परेकी काठमाडौँकी सान्त्वना मालाकारले १५.२२ प्रतिशत भोट प्राप्त गरेकी छिन् । काठमाडौँकी अनुष्का श्रेष्ठ ७.५६ प्रतिशत भोट प्राप्त गर्दै चौथो नम्बरमा र काठमाडौँकी रिया बस्नेत ७.४५ प्रतिशत भोट प्राप्त गर्दै पाँचौँ नम्बरमा छिन् । काठमाडौँकी निशा पाठक ५.४४ प्रतिशत भोट प्राप्त छैठौँ र भैरहवाकी शिवानी घिमिरे ४.८४ प्रतिशत भोट प्राप्त गर्दै सातौँ स्थानमा छिन् । त्यस्तै काठमाडौँकी सोफिया भुजेल ४.७५ प्रतिशत भोट प्राप्त गर्दै आठौँ स्थानमा, चितवनकी विपना सुवेदी ४.३३ प्रतिशत भोट प्राप्त गर्दै नवौँ स्थानमा र काठमाडौँकी रक्षा उप्रेती २ प्रतिशत भोट प्राप्त गर्दै दशौँ स्थानमा छिन् ।
मिस ब्युटिफुल हेयरको भोटिङमा ललितपुरकी अस्मिता महर्जनले १.४८ प्रतिशत, काठमाडौँकी प्रथा अधिकारीले ०.९९ प्रतिशत, पोखराकी सारा बजिमयले ०.७३ प्रतिशत, भद्रपुरकी पुजा श्रेष्ठले ०.६८ प्रतिशत र मोरङकी जेनिशा थपलियाले ०.६७ प्रतिशत भोट प्राप्त गरेकी छिन् । त्यस्तै पोखराकी एलिशा जोशीले ०.५९ प्रतिशत, ललितपुरकी नितिका कर्मचार्यले ०.५७ प्रतिशत, ललितपुरकी सुभेच्छा अधिकारीले ०.४१ प्रतिशत, काठमाडौँकी न्यान्सी बोगटीले ०.३१ प्रतिशत र काठमाडौँकी किरण थापाले ०.३ प्रतिशत भोट प्राप्त गरेकी छिन् ।
त्यस्तै काठमाडौँकी जेन्नी महर्जनले ०.२७ प्रतिशत, भैरहवाकी सँस्कृति घिमिरेले ०.१८ प्रतिशत, भक्तपुरकी मिरा कक्षपतिले ०.१६ प्रतिशत र ललितपुरकी लक्ष्मी राउतले ०.११ प्रतिशत भोट प्राप्त गरेकी छिन् । भोटिङ लिष्टको अन्तिममा ०.११ प्रतिशत भोट प्राप्त गर्दै झापाकी प्रकृति कट्वाल अन्तिम स्थानमा छिन् ।
मिस ब्युटिफुल हेयरका लागि लिभोन लाईफ एप मार्फत भोटिङ भइरहेको छ । लिभोनमा प्राप्त भोट र आयोजकको निर्णय अनुसार मिस ब्युटीफुल हेयर छनौट गरिने छ । एपमा मे ८ तारिख राति १२ बजेसम्म भोटिङ समय तोकिएको छ । हामी भोट गर्नेहरुले सुरुमा साईन अप अर्थात लग ईन गर्दा २० भोट दिन पाउने सुविधा दिईन्छ । यदि कसैको रिफरल हालिदिनु भयो भने उसलाई पनि २० भोट गर्ने अवसर थपिन्छ । उदाहरणका लागि यदि तपाईले एप डाउनलोड गरेर साईनअप गर्दा मेरो रिफर कोड लभटु चन्द्र हाल्नुभयो भने मैले पनि थप २० भोट दिन पाउँछु । र हरेक दिन लग ईन गर्दा १० भोट दिने सुविधा दिईन्छ । एउटा मोबाईलबाट एउटा मात्र आईडी खुल्छ । मिस नेपालको २५ औँ सँस्करणको फाईनल मे ९ तारिखमा गरिँदै छ । लिभोन लाईफ एप तथा बिप म्यासेञ्जरबाट भोट गर्ने तरिकाका बारेमा हामीले यसअघि नै भिडियो बनाएका छौँ । कृपया सहयोगका लागि ति भिडियोहरु हेरेर भोट गर्न सक्नुहुनेछ । बिप म्यासेञ्जरबाट मिस पपुलर च्वाईसका लागि भोट गर्न सकिन्छ । यसमा जति पनि भोट गर्न सकिन्छ ।