मनहरी बजारको हार्डवेयर पसलमा अनुगमन

तामसालिङ खबर
२५ बैशाख २०७६, बुधबार ०५:५७

हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी बजारमा सञ्चालन भइरहेको बिभीन्न हार्डवेयर पसलहरुको अनुगमन गरिएको छ । मनहरी गाउपालिका र ट्रान्सफरेन्सी इन्टरनेशनलले संयुक्त रुपमा मंगलबार अनुगमन गरेको हो ।

अनुगमनको क्रममा मनहरीमा सञ्चालित बिभीन्न हर्डवेयर पसलहरुमा बिभीन्न समस्यहरु देखा परेको छ । पसलहरुमा उपभोक्तहरुले देखीने गरि मुल्य सुचि नराखिएको, म्याद सकिएको सामाग्री रङ तथा अन्य सामग्री बिक्री वितरण गरेको भेटिएको छ ।

सञ्चालित पसलहरु केहि दर्ता भएता पनि अधिकांश पसलहरु बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ । ब्यवसायिहरुले पसल अगाडीको सार्वजानिक जग्गामा बाटोनै छेक्ने गरि जथाभावी रुपमा छठ लगाएतका निर्माण समाग्री राखिएको पाइएको छ ।

प्राबिधीकका अनुसार खुल्ला स्थानमा राखिएको छड खिया लागेमा प्रयोगमा अयोग्य हुने भनिए ता पनि त्यसको बेवास्त गर्दै खिया परेको छडहरुको पनि धमाधम बिक्री गरिरहेको पाइएको छ ।

सामान्य रुपमा अनुगमन गर्दा पनि यति धेरै त्रुटि भेटिनु सकरात्क कुरा नभएको गाउँपालिका अध्यक्ष उप्रेतीले भने । नियम संगत रुमा ब्यवसाय सञ्चालन गर्न आफुरुले ब्यवसायिहरुलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*